Rule 7
खेल सङ्घको मापदण्ड
: ऐनको दफा २२ को उपदफा (२) मा उल्लिखित मापदण्डको अतिरिक्त खेल: सङ्घ- स्थापना गर्दा देहायको मापदण्ड पूरा गरेको हुनु पर्नेछ :-
(क) खेल सङ्घको विधानमा कुनै प्रकारको राजनीतिक, धार्मिक; जातीय, लैङ्गिक र शारीरिक अवस्थाका आधारमा खेलाडी प्रति विभेद नहुने एवं समावेशिताको सिद्धान्तलाई: अवलम्बन गर्ने कुराको सुनिश्चितता हुनु पर्ने,
(ख) खेल सङ्घको विधानमा राष्ट्रियस्तरमा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुच्याएका व्यक्तिहरु एवं पूर्व खेलाडीहरुको संलग्नता हुने गरी व्यवस्था गर्ने,
(ग) खेल सङ्घको विधानमा प्रत्येक खेल सङ्घले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र साधारण सभा गर्ने, प्रत्येक चार वर्षमा सङ्घको आवधिक निर्वाचन गर्नु पर्ने र त्यस्तो निर्वाचनको लागि परिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था हुनु पर्ने,
(घ) खेल सङ्घको विधानमा मुख्य प्रशिक्षक वा सम्बन्धित खेलको प्राविधिक ज्ञान द्ञ्य पा ता कुकााद्रडला दुख न्तिताटो संयोजकत्वमा प्राविधिक समिति गठन गर्ने व्यवस्था हुनु पर्ने,
(ङ) अन्तर्राष्ट्रिय महासङ्घसँग आबद्ध खेल सङ्घहरुको विधानमा त्यस्ता महासङ्घको बडापत्रको मूल्य मान्यतालाई आत्मसात गरेको हुनु पर्ने,
(च) खेल सङ्घको विधानमा स्थानीय खेल सङ्घले प्रदेश खेल सङ्घसँग, प्रदेश खेल सङ्घले राष्ट्रिय खेल सङ्घ वा महासङ्घसँग समन्वय तथा सहकार्य गर्ने गरी व्यवस्था गरेको हुनु पर्ने,
(छ) सङ्घ, प्रदेश तथा स्थानीय तहका खेल सङ्घ गठन गर्दा सम्बन्धित खेल खेल्नको लागि परिषद्ले तोकेको मापदण्ड बमोजिमको कम्तीमा एउटा भौतिक संरचना हुनु पर्ने,
(ज) खण्ड (छ) बमोजिमको संरचना नभएमा बढीमा एक वर्षभित्र भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिने विश्वसनीय आधार सम्बन्धित खेल सङ्घले पेश गर्नु पर्ने,
(झ) खेल सङ्घको विधान परिषद्बाट स्वीकृत भएपछि मात्र लागू हुने व्यवस्था रहनु पर्ने।